क्लबहरुमा सृजनात्मक भन्दा बढी मेलापर्वमा भुल्ने प्रवृत्ति बढेकोमा चिन्ता

पूर्णभद्र निउरे बागलुङ २०७४ असोज १० । नबसृजना युवा क्लब९ल्थ्ऋ० ताराको तेह्रौं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारणसभाले सचिब मन बहादुर रोकाले प्रस्तुत गरेको आ ब ०७३र७४ को बार्षिक प्रगती प्रतिबेदन , कोषाध्यक्ष जि एम जितुले प्रस्तुत गरेको १४ लाख ४२ हजार ६ सय ३६ बराबरको आय ब्याय सहितको आर्थिक प्रतिबेदन र अध्यक्ष पूर्ण भद्र निउरेले प्रस्तुत गरेको प्रस्तावित भावी कार्यक्रम तथा कार्ययोजनालाई सर्बसम्मतिले पारित गरेको छ ।

साधारण सभाको उदघाटन गर्दै ताराखोला गाउँपालिकाका प्रमुख राजनितिक सल्लाहकार तथा वाई सि एल नेपालका केन्द्रिय सदस्य नरेश केसीले सामाजिक बिकासमा नवसृजना युवा क्लबले खेलेको भुमिका स्रहानीय रहेको भन्दै आगामी दिनमा पनि सृजनात्मक कार्यक्रम मार्फत सामाजिक हितमा तल्लीन रहन आग्रह गरे । आज भोलि गाउँ गाउँ र टोट टोलमा क्लब स्थापना हुने र क्लबहरु सृजनात्मक कार्यक्रम भन्दा बढी मेलापर्बमा भुल्ने प्रवृत्ति बढेको भन्दै उनले ताराखोला गाउँपलिकाले छिट्टै यस बारेमा एक खालको नीति बनाएर अघि बड्ने तर्यारी गरेको बताए । साधारण सभाले रिक्त रहेको कार्यसमिति सदस्य पदमा बिशाल खत्रीलाई मनोनित गरेको छ ।

कार्यक्रममा ताराखोला गाउपालिका वार्ड न ४ का वडा अध्यक्ष जित बहादुर खत्री ,वडा सदस्य हरु कुल बहादुर खत्री र सपना बुढाथोकी , महिला संजाल कि अध्यक्ष तुलमाया निउरे, युवा बर्ष प्रा बि का बि ब्य स अध्यक्ष शतिस भण्डारी लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

सभा पछि आजै सम्पन्न क्लबको पूर्ण बैठकले आगामी कार्तिक ५ देखि ९ सम्म पुरुष तथा महिला भलिबल , लोक दोहोरी गीत , धनुषबाण , सामुहिक नृत्य र कृषि प्रदर्शनी जस्ता विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि क्लबको चौधौं बार्षिकोत्सब मनाउने निर्णय गरेको खेलकुद संयोजक टकेन्द्र घर्तीले जानकारी दिए। कार्यक्रम क्लबका अध्यक्ष पूर्णभद्र निउरेको अध्यक्षता, प्रथम उपाध्यक्ष धन बहादुर घर्तिको संचालन र व्दितीय उपाध्यक्ष भिमा रोकाको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *