रक्तिम साँस्कृति अभियान जापान शाखा समिति अध्यक्षमा सचित्र के सी चयन

मेघराज रिष्मेली, जापान २०७४ असोज १० । नेपालमा रहेको रक्तिम साँस्कृतिक अभियान, जापान नेपाली एकता समाज जापानको साँस्कृति विभाग अन्तर्गत रहेको समिति रक्तिम साँस्कृति अभियान शाखा समिति जापान यहि सेप्टेम्बर ११ तारिख का दिन अनलाइ ग्रुप मार्फत १३ सदस्य सहितको समिति गठन भएको छ ।

उक्त समितिले जापान नेपाली एकता समाजले विभिन्न चाड पर्व नयाँ बर्षको कार्यक्रमहरू गर्नको लागि साँस्कृतिक प्रस्तुतिलाई बलियो मजबुद र जगेर्ना गरी कार्यक्रमहरू सञ्चालनमा ल्याउन सकियोस भन्ने हेतुले उक्त विभाग गठन गरिएको समितिका अध्यक्ष सचित्र के सीले जानकारी गराए ।

उक्त समितिका पदाधिकारीहरूमा अध्यक्ष सचित्र के सी उपाध्यक्ष तेजु के सी, सचिव गोपाल सापकोटा, सह सचिव खड्क पुन, कोषाध्यक्ष प्रकाश बडाल तथा सदस्यहरूमा निरू मल्ल, मन बहादुर सलामी, थम के सी ९बिसाल०, गोपाल खत्री, माया पुन, दिलु खत्री, टिका के सी सिर्जना गौतम रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *