ठूला भन्ने दलहरुको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक असफलता तर्फ उन्मुख : राप्रपा अध्यक्ष थापा

काठमाडौ, २०७४ असोज १० । राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने सवै खालका षडयन्त्र र घेराबन्दीलाई तोड्दै र राष्ट्रवादी छवि र स्वाभिमानलाई कायम राख्दै पार्टीलाई स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो स्वार्थ र प्रभाव क्षेत्रको रुपमा विस्तार गरि क्रिडास्थल बनाउने देशी विदेशी षडयन्त्रलाई राष्ट्रवादी जनताले असफल पार्ने विश्वास व्यक्त गरे । उनले मुलुकको धर्म, संस्कृति र पहिचानको रक्षार्थ युवा पंक्ति सचेत हुनुपर्ने आवश्यकता औंल्याए । देशको स्वाभिमान र स्वाधिनता सवैभन्दा महत्वपूर्ण बिषय भएकाले यसमा कसैसँग सम्झौता हुन नसक्ने थापाले प्रष्टाए ।

ठूला भन्ने दलहरुले अवलम्बन गरेको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक असफलता तर्फ धकेलिएको आरोप लगाउँदै थापाले लोकतन्त्र लुटतन्त्र बन्दै गएकोमा तीब्र आक्रोश ब्यक्त गरे । मुलुकमा भष्टाचार संस्थागत भएको र यसमा राजनैतिक संरक्षण देखिनु दुभाग्र्यपूर्ण भएको उनको कथन थियो ।

कार्यक्रममा पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला, नवप्रवेशीहरु नेविसंघका नेता राम नेपाली, युवा व्यवसायीहरु आशिष शर्मा, विमोचन पराजुली, ईन्जिनियर रोजेश रिजाल लगायतले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *