Menu

निसी जनजागरण युवा क्लबको शुभकामना आदानप्रदान/सम्मान कार्यक्रम सम्पन्न

कुम्बिर बिश्वकर्मा, बुर्तिवाङ २०७४ असोज१० । निसी जनजागरण युवा क्लब र प्राथमिक बिद्यालय निसीखोला गाउपालिकाले आयोजना गरेको बिजया दशमी तथा शुभ दीपावली २०७४ र निसीखोला गाउँपालिका वडा नम्बर ५ का जन प्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

निसीखोला गाउपालिका वडा नम्बर ५ का अध्यक्ष हर्कमान घर्ती मगरको प्रमुख आथित्यता बाट दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा क्लबका सल्लाहकार कमल थापा मगर, समाजसेवी हिरा बहादुर बिश्वकर्मा, जनता प्राथमिक बिद्यालयका प्रधानाध्यापक टेक राज अर्याल, जनता प्राथमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रामाला बुढा मगर, निसीखोला गाउपालिका कार्यपालिका सदस्य सुनिल बिश्वकर्मा९मिलन० र निसीखोला गाउपालिका वडा नम्बर (५ का अध्यक्ष हर्कमान घर्ती मगरको आथित्यता एबम शुभकामना मन्तव्य रहेको थियो।
उक्त अबसरमा निस खोला गाउपालिका वडा नम्बर (५ का अध्यक्ष, निसीखोला गाउपालिका कार्यपालिका सदस्य सुनिल बिश्वकर्मा, महेन्द्र कुमारी घर्ती मगर, खुल्ला पुरुष सदस्य चुले बि ।क।९ भुले०, खुल्ला पुरुष सदस्य तेजिन्द्र पुन मगर, दलित महिला सदस्य दधिकला बि कलाई सम्मानपत्र सहित निसी जनजागरण युवा क्लब र जनता प्राथमिक बिद्यालय मसल गाउलाई सम्मान गरिएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष लछुमण छन्त्यालको अध्यक्षता र क्लबका सल्लाहकार हेमराज सापकोटा को स्वागत मन्तव्य र क्लबका सचिब कुम्बिर बिस्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *