समाज सुधार युवा मञ्च गल्कोटको बडा दर्शै बिशेष कार्यक्रम सुरु

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज ९ । समाज सुधार युवा मञ्च गलकोट नगरपालिका ३ को बडा दर्शै बिशेष कार्यक्रम आजदेखि सुरु भएको छ ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारीले युवालाई रोजगारीका अवसर प्रदान गर्दै आयआर्जनमा लगाउन सकिए समाजमा शान्ति स्थापना गर्न सकिनेमा जोड दिए । भण्डारीले उत्पादनमूलक काममा युवालाई लगाउन आफु प्रतिबद्ध रहेको भन्दै त्यसका लागि काम गर्ने बताउनुभयो । युवालाई समेट्न सीप र क्षमता अभिवृद्धिका काममा गलकोट नगरपालिकामा बिशेष पहल गर्नुपर्ने उनको भनाई छ । उनले क्लबको नाम अनुसारनै समाज सुधारका काममा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, वडा सदस्य झहर बहादुर खत्री लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । क्लबले आजदेखि खुल्ला साबिक वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । दर्शै बिशेष कार्यक्रममा भलिबल सँगै बिभिन्न साँगितिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक गुञ्ज बहादुर खत्रीले बताए । कार्यक्रम आगामि असोज ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *