भुतपूर्व सैनिक कल्याण संघ गल्कोटको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ असोज ९ । भुतपूर्व सैनिक कल्याण संघ गलकोट नगरपालिका ७ र ९ मल्म बागलुङको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आज सम्पन्न भएको छ ।

नजिकिदै गरेका महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवतको अवसरमा आयोजित कार्यक्रममा भूपु सैनिक महासंघ नेपालका जिल्ला सदस्य तथा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का क्षेत्रीय पार्शद थम्मन थापा सन्देश, समाजसेवी वसन्त क्षेत्री, संस्थाका सल्लाहकार संयोजक सुवेदार टेक बहादुर केसीले शुभकामना मन्तव्य राखेका थिए ।

गलकोट नगरपालिका ७ तल्लो सिरबारेमा आयोजित उक्त कार्यक्रममा वडा नं ७ र ९ का भुपू सैनिकहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा नव प्रवेशी पिङहाले निवासी टोप बहादुर थापा, तल्लो सिरबारे निवासी धन कुमारी केसी, आगाॅखेत निवासी प कुमारी केसी, पल्लारा निवासी होम बहादुर घिमिरेलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम भूतपुर्व सैनिक कल्याण संघ गलकोट नगरपालिका मल्म बागलुङका उपाध्यक्ष सुवेदार तिलक बहादुर केसीको अध्यक्षता, सदस्य दल बहादुर थापाको स्वागत र सहसचिव ललित मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *