‘सक्षम महिला समृद्ध नेपाल’ भन्ने नारालाई व्यवहारमा उतार्न नारी एकजुट हुन आवश्यक – नेपाली

नारी शक्ति बुर्तिबाङको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ असोज ९ । बडादशैँ तथा शुभदीपावलीको पूर्व सन्ध्यामा सक्षम महिला समृद्ध नेपल भन्ने नाराका साथ स्थापित नारी शक्ति बुर्तिबाङले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नारी शक्ति बुर्तिबाङकी अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता , ईलाका प्रशासन कार्यालयका प्रमुख जनक थापाको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा, प्रमुख अथिती ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

नगर प्रमुख नेपालीले सक्षम महिला समृद्ध नेपाल भन्ने नाराले एउटा महत्वपुर्ण कुरा बोकेको बताउदै यस नारालाई ब्यबहारमा परिवर्तन गर्नका लागी सम्पुर्ण नारीहरु एकजुट हुनुपर्ने बताए । हरेक मानिसलाई जन्म दिने महान ब्यक्ती नारी नै भएको र कुनै पनि ब्यक्ती सफल हुनुमा नारीको ठुलो हात रहने उनको भनाई थियो ।

सो अवसरमा नगर प्रमुख नेपालीले नारीहरुमा सहनशीलता , ईमान्दारीता , धैर्यता र महानता रहेकाले नै नारीहरु समाजमा एउटा छुट्टै छवी बनाउन सफल भएको बताउदै महिलाहरु अझै अग्रस्थानमा आउनका लागी महिलाहरुले ऐकेबद्धता गर्नुपर्ने बताए ।

उनले महिलाहरु उच्च ओहोदामा रहेकोमा खुसी ब्यक्त गर्दै, महिलालाई असहयोग गर्ने मान्छेलाई तह लगाउन पनि महिलाहरु सक्रिय हुनुपर्ने बताए ।

नारी शक्तिले चाहे जुनसुकै विकासका क्षेत्रमा अगाडी बढ्न सक्ने बताउदै बिकासका क्षेत्रमा आफु ब्यक्तिगत तथा सिङ्गो ढोनपाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनए । नगर प्रमुद नेपालीले नारी शक्तीले यस समुदायमा स्वास्थ्य शिक्षा तथा बिभिन्न सामाजिक कार्यमा अगाडी रहने भन्दै एक कोष स्थापना गर्नका लागी रु २५ हजार सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै शुभकामना ब्यक्त गर्दै कार्यक्रमका बिशिष्ठ अतिथी ईलाका प्रशासनका प्रमुख जनक थापाले ,समाजमा महिलालाई हेर्ने नजर बेग्लै रहेकाले , दृष्टिकोण परिवर्तन गर्नका लागी महिलाहरु अग्रसर हुनुपर्ने बताउदै यसको सुरुवात महिलाहरु स्वयं आफु र आफ्नो परीवारबाट गर्नुपर्ने बताउदै यसरी गर्दै जादा सिङ्गो देश तथा संसार परिवर्तन गर्न सक्ने सामाथ्र्य महिलामा भएको तथा अहिलेको परिस्थतीमा महिलाले पनि धेरै उच्च स्थानमा नेतृत्व गरीरहेकाले यो नारीको बिजयीको सुरुवात भएको बताए ।

सो अबसरमा , ईलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक रोहीत बिश्वकर्मा , स्वास्थ्य बिमाका जिल्ला प्रबन्धक जीबलाल खरेल , बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रत्ना कुमारी शेरचन, महिला समाजसेबि दुर्गादेवी घर्ति , महिला समाजसेवी धासरी कंडेल , लीलमायाँ पुन , बुर्तिबाङ महिला समन्वय समितीकी संयोजक दिलमायाँ पौबी , रेडियो ढोरपाटनका तर्फबाट लक्ष्मी अग्रेजा , रेडियो परिवर्तनका तर्फबाट जानुका खरेल र रेडियो बुर्तिबाङका तर्फबाट झरना कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नारी शक्ति बुर्तिबाङकी सदस्य मिनु बिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नारी शक्ति बुर्तिबाङकी सचिब कृष्णकुमारी आचार्यले गरेकी थिईन् ।

समापन समारोहमा बोल्दै नारी शक्ति बुर्तिबाङकी अध्यक्ष गण्डकी थापा अधिकारीले नारीमा अद्भुद शक्ति हुने भएकाले नारीलाई प्रमोट गर्न सकेमा नारीहरु समाजमा एक मिसाल बन्न सक्ने बताउदै ,नारी शक्तिको ईतिहास ढोरपाटनबाट कोरिएको र अब क्षेत्र हुदै जिल्ला तथा देश हुदै संसारमै उदयमान हुने बताईन । साथै उनले नारी शक्तिले जस्तोसुकै समस्या पनि चिर्न सक्ने बताउदै , नारीले चाहेमा जस्तोसुकै कार्यमा पनि सफलता पाउन सक्ने बताएकी थिईन् ।

तस्वीर- मिनु बीसी, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *