राप्रपा पर्वतको जिल्ला संयोजकको जिम्मेवारी प्रकाश पौडेललाई

महेन्द्र केसी, पर्वत २०७४ असोज ९ । एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएपछि त्यसको प्रभाव पर्वतमा समेत परेको छ । दुइ महिना अगाडी विभाजन भएको राप्रपा पर्वतको संस्थापक पक्षले सोमबार जिल्ला भेला आयोजना गरी अर्को व्यवस्था नभएसम्मको लागि जिल्ला नेता प्रकाश पौडेललाई संयोजकका रुपमा जिम्मेवारी सुम्पेको छ ।

जिल्ला भेला पाटीका उपाध्यक्ष नारायणदत्त भुषालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राप्रपा पर्वतका पूर्व अध्यक्ष ठाकुर प्रसाद भुषालले पार्टीको आगामी रणनीति, पाटीको विभाजपछि परेको प्रभाव र आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावको लागि जिल्लास्तरबाट हुने भूमिकाको बारेमा कार्यकर्तालाई जानकारी गराएका थिए ।

संस्थापक पक्षले दशै र तिहारको विचमा पार्टीको नेतृत्व चयन गरी जिल्लामा पार्टीलाई चुस्त रुपमा अगाडी बढाउने निर्णय गरेको प्रकाश पौडेलले बताए ।

कार्यक्रममा ठाकुरबम मल्ल, गंगा बहादुर दमाई लगायतले बोलका थिए । सोही अबसरमा दशै तिहारको शुभकामना आदानप्रदान समेत गरिएको थियो । भेलाको सन्चालन प्रकाश पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *