सदरमुकामको नेपाल बैँकमा नयाँ नोट साट्नेहरुको ताँती

बागलुङ २०७४ असोज ९ । बडा दशैँको पावन अवसरमा टीकाटालो गर्दा नयाँ नोट दक्षिणामा दिने प्रचलन रहिआएकाले सबैलाई नयाँ नोटको जोहो गर्न हम्मे परेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको नेपाल बैँक लिको कार्यालयमा विहान देखिनै नयाँ नोट सटही गर्नेहरुको लामै ताँती लागेको छ ।

ठुलाबडा टाँठाबाठाहरु विविध उपायले नयाँ नोट पाउछन हामी सर्वसाधारणहरु यसरी दिनभरको काम मारेर ताँतीमा उभिनु परेको छ, एक जना नोट सटहीगर्न ताँतीमा उभिएकाले भने ।

जिल्ला सदरमुकाममा त यो हाल छ भने जिल्लाका अन्य भागहरुका बैँकहरुको अवस्था कस्तो होला त्यस्को अनुमान सहजै गर्न सकिन्छ ।

* तस्वीर- विजय राना ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *