पूर्व सांसदलाई पेन्सन दिने कानून बनाउन लागेका छैनौँ, यस्मा टीकाटिप्पणी नगरे राम्रो-सांसद जोशी

महेन्द्र केसी, पर्वत २०७४ असोज ९ । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् ।

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सांसदहरुले कुनै पनि पेन्सनको माग नगरेको तर पहिचानको लागि कुरा उठाएको बताएका हुन् । आफू स्वयं सो विधेयक सम्बन्धी उपसमितीमा रहेको भन्दै त्यस्तै कुनै माग नगरेको र विधेयक बनेपनि पारित नुहने बताए । पेन्सन सम्बन्धी प्रस्ताब पनि नआउने र पारित पनि नहुने भन्दै यस विषयमा टीकाटिप्पणी नगरे राम्रो हुने बताए ।

सांसद जोशीले जिल्लाको विकास र निकासको लागि आफू सदैव लाग्ने बताउँदै पर्वतको छवि विर्गानको लागि कोहि पनि लाग्न नहुने बताए । सांसद जोशीले विचार स्वच्छ बनाउनुपर्ने भन्दै जिल्लाको विकासको लागि एक हुनुपर्नेमा जोड दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *