मेघराज रिष्मेली, जापान २०७४ असोज ९ । जापानी समय अनुसार हिजो साँझ करिव ७ ३० बजेको समयमा जापानको साइतामामा तरकारी तथा फलफुल प्रशोधन कम्पनीमा कार्यरत नेपाली महिलाहरु चढेको बस दुर्घटना हुँदा दश जना घाईते भएका छन् । उनिहरु कामबाट फर्किरहेका थिए ।
घाईतेहरु मध्य बागलुङ जिल्ला गल्कोट चमुवाकी लक्ष्मी चालिसे सुवेदी सहित ५ जनाको अवस्था गम्भीर रहेको छ । उनिहरुको साइतामामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य ५ जना सामान्य उपचार पछी घर फर्किएका छन् । बसमा २२ जना नेपालीहरु सवार थिए ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।