गल्कोटमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ असोज ८ । राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र व्यापार भन्ने नाराका साथ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गल्कोटको आयोजनामा दशैं तिहार छठ र नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचा, ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका उपाध्यक्ष मुकेशचन्द्र राज भण्डारी, नेपाली काग्रेसका जिल्ला सदस्य फम खत्री, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा एमाले गलकोट नगर समितिका अध्यक्ष बुल बहादुर केसी, नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष तिलक उप्रेती, राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिका अध्यक्ष टंक केसी, गलकोट नगर विकास समितिका अध्यक्ष चन्द्र दत्त रेग्मी, गलकोट नगरपालिका वडा नं २ का अध्यक्ष हिम बहादुर भण्डारी, प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देश, एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिका अध्यक्ष चुडामणि शर्मा र हटिया बजार व्यवस्थापन समितिका अध्यक्ष खिम साहानीले शुभकामना मन्तव्य व्वयक्त गरेका थिए ।

हटिया बजारमा आयोजित कार्यक्रममा गलकोट नगरका राजनैतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गलकोट नगरपालिकाका अध्यक्ष चित्र साहानीको अध्यक्षता र हिरा श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *