आजपनि रेशमा जीप दुर्घटना : ५ जना घाईतेको धौलागिरी अन्चल अस्पतालमा उपचार हुँदै

बागलुङ २०७४ असोज ८ । आज विहान काठेखोला गाउपालिका साविक रेश गाविस-९ मा यात्रुबाहक जीप दुर्घटना भएको छ । रेश बाट बागलुङ बजार तर्फ आईरहेको ग १ ज ६१९४ नंबरको जीप रेशको कुँवर थर (मिलन चोक) घुम्टीमा दुर्घटनामा हुँदा जीपमा सवार पाँच जना घाईते भएका छन् ।

घाईतेहरु मनमायाँ थापा, गौरा थापा, कविता थापा, युवराज थापा र चालक प्रकाश थापाको धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ । अन्य यात्रुहरु भने सामान्य घाईते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

केहि दिन यता सवारी दुर्घटनाहरु बढ्न थालेको छ । हिँजो शनिवार मात्रै बागलुङ बजार देखी बरेङ तर्फ गैरहेको जीप हुग्दीशिर नजिक दुर्घटना हुँदा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक दर्जन भन्दा बढी घाईत भएका थिए ।

त्यस्को अघिल्लो दिन बुर्तिवाङ जाँदै गरेको जीप बडीगाड गाउपालिकाको खाल बजार नजिक दुर्घटना हुँदा तीन जना यात्रु घाईते भएका थिए भने अन्य सात जनालाई सामान्य चोटपटक लागेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *