Menu

चाडपर्वमा गल्कोट हटियाको शान्ति सुरक्षालाई लिएर गनपा ३ र प्रहरीवीच छलफल

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज ८ । नेपालीहरुको महान पर्व विजया दशमी र तिहारको अवसरमा गल्कोट हटिया क्षेत्रको शान्ति सुरक्षालाई लिएर आईतवार हटियामा गल्कोट नगररपालिका ३ र प्रहरी चौकी हटिया बिच छलफल भएका छ ।

छलफलमा गल्कोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजङ भण्डारीले चाडपर्वमा हटिया बजार क्षेत्रमा बिशेष मानिसहरुको चलहपहल हुने हुदाँ सुरक्षा निकायलाई आफनो कार्यालयको सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । चाडपर्वमा जथाभावी होटल र सार्वजनिक ठाउमा जुवातास सँगै मदिरा बिक्री वितरण गरी हो हल्ला गर्ने कार्यलाई पनि कडाईका साथ नियन्त्रण गर्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए । उनले हटियाको शान्ति, सुरक्षा ब्यवस्थापनका लागी गलकोट नगरपालिका वडा नम्बर ३ को बिशेष सहयोग रहने पनि बताए ।

सो छलफल कार्यक्रममा प्रहरी चौकी हटियाका प्रमुख प्रनानि मन बहादुर बिकले नेपालीहरुको महान चाडपर्वलाई सुखमय शान्तिपूर्ण र निर्धक्क भएर मनाउने पाउने बातावरण सिर्जना गर्नका लागि सुरक्षा ब्यवस्थालाई चुस्त राख्न उच्च सतर्कता सहितको ब्यवस्था गरेको बताएका छन् ।

दर्शै, तिहार, छठ लगायतका महत्वपुर्ण चाडका बेला प्रयोग गरिने पटकन झिरझिरे लगायतका प्रज्वलनशील एवम विष्फोटक बस्तुको प्रयोग र ओसारपसारमा कडाई गरिएको र कसैले त्यसको ओसारपसार तथा विक्री बितरण गरे कर्डा कावाही गरिने बिकले बताए ।

त्यस्तै चाडपर्वका बेला उपभोग्य बस्तुको कृतिम अभाव देखाई कालो बजारी गर्ने तथा मुल्य बढाएर उपभोक्तालाई ठगी गर्ने र चाडपर्वका बेला यात्रुहरुको आवागमन बढेको मौका छोपी यात्रुसँग बढी भाडा लिने जस्ता कार्य हुन नदिनका लागि लोकमार्ग र ग्रामिण क्षेत्रमा उच्च सतर्कताकासाथ गस्ती र चेकजाँच गरिने ट्रार्फिक प्रहरी गलकोटका प्रमुख महेन्द्र खत्रीले बताए ।

सवारी साधनलाई ब्यवस्थित बनाउनका लागी छड्के चेकजाचलाई बढि सशक्त बनाईने प्रहरी चौकी हटियाले जनाएको छ । अन्य समयमा भन्दा चाडपर्वका समयमा गाउगाउमा प्रहरीको गस्ति जाने र निगरानीलाई बिशेष जोड दिईने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *