पशुबलि प्रथा बिरुद्ध देशव्यापीरुपमा सचेतना अभियान, शाकाहारी बन्न आग्रह !

महेन्द्र केसी, पर्वत २०७४ असोज ८ । दशैमा हुने बलिप्रथालाई रोक्नको लागि नेपाल अहिंसाप्रेमी शाकाहारी समाज र विश्व जागरण अभियानले देशव्यापी रुपमा शान्ति पद यात्रा अभियान संचालन गरेको छ ।

दशैलाई लक्षित गरी उक्त अभियान बागलुङ, म्याग्दी हुदै पर्वतमा आइपुगेको छ । दशैमा हुने काटमार रोक्नको लागि उक्त दुइ संस्थाले बागलुङको कालिका मन्दिर परिसर, म्याग्दीको गलेश्वर र पर्वतको कुस्मामा प्रभातफेरी सहित शाकाहारी बन्नको लागि अभिप्रेरणा जगाउँदै अभियान लिएर हिडेका छन् ।

विश्व जागरण अभियानका संस्थापक एवं प्रध्यापक योग गुरु विनोद शर्माले विदेशमा प्राणीलाई माया गर्नेको संख्या बढेता पनि नेपालमा पशुबलि प्रथाका कारण मानव हिंस्रक बनेको बताए ।

उनले धर्मको नाउमा हुने हिंसा विनासको संकेत भएको बताउँदै पशुबलि प्रथा रोक्नुपर्नेमा जोड दिएका थिए । शाकाहारी अभियन्ता अनिता भण्डारीले चाडपर्व र अन्य बेलामा हुने हिंसालाई रोक्न र शाकाहारी बन्नको लागि अभिप्रेरणा जनाउनको लागि अभियान संचालन गरेको बताइन । देशभर विशेष चाडपर्व र यो दशैमा हुने पशुबलि रोकौं र सवै शाकाहारी बनौं भन्ने हामे मुख्य उदेश्य हो उनले भनिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *