शनिवार एकै दिन तीन ठाउँमा भएको सवारी दुर्घटनामा ५ गुल्मेलीको मृत्यु

प्रेम सुनार, गुल्मी २०७४ असोज ८ । असोज ७ गते शनिवारको दिन गुल्मीका लागि कालो दिन बन्यो । विहान पाल्पाको शिद्धवावामा पहिरोले गाडी पुरेर २ जना गुल्मेलीको मृत्यु भएको थियो भने अपरान्ह दुविचौरमा जिप दुर्घटना हुंदा एक जना र सांझ पख बागलुङको वरेङमा भएको अर्को जिप दुर्घटनामा मृत्यु हुने दुवै जना पनि गुल्मेली भएको खुलेको छ ।

यसैबीच सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पन्ध्र जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए ।

दुर्घटनामा परी घाइते भएका अन्य १३ जनालाई थप उपचारको लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटनामा ज्यान गुमाएका प्रहरी हवल्दार विष्ट इप्रका बरेङ र प्रहरी जवान श्रीष इप्रका बाटाकाचौरमा कार्यरत थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *