Menu

काँग्रेस नेता भण्डारीव्दारा सीमान्तकृत बस्तीहरुमा तीन सय घर निर्माण गर्ने घोषणा

कौरव खत्री गुल्मी २०७४ असोज ८ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीहरुमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् ।

सदमुकाम तम्घासमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गनाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सम्पूर्ण कार्यालयका प्रमुखहरुसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नं. २ का सांसद समेत रहेका नेता भण्डारीले. सीमान्तकृत विपन्न समुदायका कुमाल, दलित र बोटे माझी बस्तीहरुलाई तीन सय घर निर्माण कार्य थालनी गरेको नेता भण्डारीले जानकारी दिए ।

साथै बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामी टक्सार मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुको यो दशैको उपहार स्वरुप घर निर्माणको कार्य थालनी गरिएको नेता भण्डारीले बताए ।

साथै काँग्रेस नेता भण्डारीले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीहरुमा एक सय पचास घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप तीन सय घर निर्माणको कार्य अगाडी बढेको नेता भण्डारीले जानकारी दिए ।

साथै युवा नेता भण्डारीले अहिलेको बडादँशै बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायहरुसँग मनाउने समेत उद्घोस गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *