गजल : पानी चुहिने खर्को छानो, टिनले छाउन पाईन आमा !

दसैं अनि तिहार आयो, घर आउन पाईन आमा
पानी चुहिने खर्को छानो टिनले छाउन पाईन आमा !

यो साल पनि खाली निधार मन खिन्न हुने भो
तिम्रो हातको टीका जमरा लाउन पाईन आमा !

फाटे होलान् पोहोर परार लगाउने गुन्यू चोली
नयाँ गुन्यू चोली लिइ आउन पाईन आमा !

घास-दाउरा मेलापात,बाल्यकालका साथी संग
देउसी-भैलो नाच्दै गाउन पाईन आमा !

दु:ख अनि आँसु तिम्रो सधैंका मीत भए
दु:खपीडा पछि कहिल्यै खुशी ल्याउन पाइन आमा !

सुन्दर सपनाहरू देखेपछि ब्युझिदाको पल भयो
देखे जति सपनाहरू पुरा गर्न पाइन आमा !

हास्ने-रमाउने जति सबै आसाहरु मारेर बसें
यसपालिको दसैंमा घर आउन पाईन आमा !

दसैं अनि तिहार आयो,घर आउन पाइन आमा
पानी चुउने खर्को छानो टिनले छाउन पाईन आमा !!

एकल यात्री कुशल कुमार

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *