साहुको ॠण फाल्न आएको परदेशी म !

चुहिने छानो टाल्न आएको परदेशी म
घर परिवार पाल्न आएको परदेशी म !
*
दशै आयो कसरी फर्की आउन सक्छु र
साहुको ॠण फाल्न आएको परदेशी म !
*
सबैले मिठो खाने राम्रो लाउने चार्डपर्व
एकसरो कपडा हाल्न आएको परदेशी म !
*
अन्धकारमा गुज्रिएको जिन्दगी मेरो
आशाको दियो बाल्न आएको परदेशी म !
*
स्मृतिमा बिते मेरा कती दशै कती तिहार
भबिष्यको पाईला चाल्न आएको परदेशी म !!!
***
झलक काउचा
बागलुङ
हाल: दक्षिण कोरिया
२०७४ असोज ८ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *