शिवालय माविमा अध्ययनरत सुस्त:मनस्थितीका विद्यार्थीलाई बेलायतमा सहयोग संकलन

पर्वत २०७४ असोज ८ । पर्वत जिल्लाबाट रोजगारी लगायत विभिन्न प्रयोजनले बेलायतमा बसोबास गर्दै आएका पर्वतेलीहरुको पर्वत कल्याण समाज (Parbat Welfare Society, UK)ले जिल्लाको विभिन्न समाज कल्याणकारी कार्यहरुका लागि सहयोग गर्दै आएको छ ।

पछिल्लो समय यस समाजले पर्वज जिल्ला सदरमुकाममा रहेको शिवालय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त:मनस्थिति एवं दृष्टिविहीन १९ जना विद्यार्थीहरुका लार्गि बेलायतमा आर्थिक सहयोग जुटाउन पहल भैरहेको समितिका अध्यक्ष दधि आचार्यले जानकारी दिए ।

‘शिवालय, जिल्लाको एकमात्र अपाङ्गता मैत्री माध्यमिक विद्यालय हो, समतिका अध्यक्ष आचार्यले भने, ‘यसमा अध्ययनरत अपाङ्गता, सुस्त मनस्थिति एवं दृष्टिविहीन विद्यार्थीहरुको सहयोगका लागि अर्थसंकलन अभियान सन्चालन गरिएको हो ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *