Menu

औंठा छापे नव सामन्तहरु …

कृष्ण पौडेल

सामन्त शब्द खासगरी धनी र गरिबको बिचमा जोडिने शब्द हो। कार्ल मार्क्स शब्दमा भन्ने हो भने त उत्पादनका चार साधनमध्य मुख्यसाधन श्रमको मुल्य कमगर मुनाफाको प्रतिशत सामान्य चलन चल्तिको ब्याज भन्दा धेरै बनाउनेलाई बुझिन्छ। यो नै सामन्तको परिभाषा भित्र पर्छ। हुन त हाम्रो समाजमा बिदेशमा मजदुरी गरि नेपालमा ढुङ्गे घरको छाना बनाएकालाई सामन्त भन्ने चलन छ, यो केबल सामन्त शब्दको सस्तो संस्करण नै हो। मैले यहाँ भन्न खोजेका सामन्त नत जमिन्दार हुन नत बिदेशमा काम गर्ने हाम्रा श्रमिक दाजुभाई नै हुन,यसमा म पनी पर्छु । यी हुन् २०४६ सालपछी पैदा भएका सामन्ती सोच भएका गरिबहरु अर्थात नव सामन्तहरु । यहाँ उल्लेख गर्न खोजेको हो हाल बिकसित चरित्रको संस्कारको।

पंचायती कालमा श्रेणी अनुसारको सम्मान थियो त्यही अनुसारको आचरण अर्थात पियन बैदारको कुरा सुन्थ्यो, बैदार सुब्बाको, राज्यमन्त्री मन्त्रीको, मन्त्री प्रधानमन्त्रीको, प्रधानमन्त्री राजाको। नियम थियो, कानुन राजालाई छाडी सबैलाई बराबरी थियो।

प्रजातन्त्र आइसके पछी समाजको आमुल परिवर्तन हुन्छ भन्नेमा कसैको शंका थिएन, यसै कारणले नै २०४६ सालको जनआन्दोलन सफल भएको हो। जनआन्दोलनले जनताको मौलिक अधिकारलाई सुरीक्षत गरेन भन्न मिल्दैन तर प्रजातन्त्रको गलत ब्याख्या भने भएकै छ अहिले सम्म। यो कुरा समाजमा देखिएको भीडतन्त्रबाट प्रष्ट हुन्छ। समाजमा अहिले न कसैले कसैको इज्जत गर्छ न पाउँछ। अहिले साना कोही छैनन सबै ठुला। कार्यलयमा हाकिम र पियन भए पनी पियन पहिलाका जस्ता छैनन हाकिमले केही भने भने युनियनको धम्कि दिनेवाला छन उनको आफ्नै मर्जी चल्छ । यो रोगले सारा क्षेत्रलाई छोएको छ, तल देखि माथीसम्म। पंचायती कालमा श्रेणी अनुसारको सम्मान थियो त्यही अनुसारको आचरण अर्थात पियन बैदारको कुरा सुन्थ्यो, बैदार सुब्बाको, राज्यमन्त्री मन्त्रीको, मन्त्री प्रधानमन्त्रीको, प्रधानमन्त्री राजाको। नियम थियो, कानुन राजालाई छाडी सबैलाई बराबरी थियो।

यसो दुई चार जना जम्मा भए समाज कल्याणको नाममा संस्था खोली हाल्ने अनी यिनैको नाममा शुरुभयो चन्दा आंतङ्क । टोल टोलमा खडागरिएका जनसंख्या भन्दा ती संघ संस्थाको काम के त ? चन्दालाई नै टारगेट गरि बनाएका संघ संस्थाबाट देशको, समाजको वा टोलको समुन्नती हुन्थ्यो भने त नेपाल दुनियामा एक नम्बर विकसित हुनु पर्ने हो।

तर दुदर्सा भन्नुपर्छ सर्बउत्तम ब्यबस्थाले पनि हामीलाई छोएन। सर्वसाधारणलाई बृद्धभत्ताबाहेक अरु केही दिन सकेको छैन परिवर्तनले। १६/१७ बर्षे जवानको जसरी मलजल नगरी दाह्री जुँघा आउछ त्यसरी नै बिकासमा बृीद्ध भएको छ अर्थात यो स्वत: भएको हो भन्नुमा हिीच्कचाउन पर्दैन। यो भन्न मिल्दैनकी जनताले ४६ सालको परिवर्तनलाई आत्मसाथ गरेका छैनन। प्रजातन्त्र आफैमा एक बिकल्पै बिकल्पले भरिएको शासन ब्यबस्था हो। तर हामीहरुले यसको सही उपयोग गर्न जानेनौं। बोल्ने स्वत्रन्तताको नाममा हामी यती छाडा भयौकी हाम्रो मुख र कलम नियन्त्रणमा राख्न सकेका छैनौ। आफ्नो हैसियत बिर्सी अरुलाई जे पनी भन्ने, जे पनी लेख्ने भयौ। सघं सस्था खोल्ने स्वत्रन्तताको नाममा लगाम त छदै छैन। यसो दुई चार जना जम्मा भए समाज कल्याणको नाममा संस्था खोली हाल्ने अनी यिनैको नाममा शुरुभयो चन्दा आंतङ्क । टोल टोलमा खडागरिएका जनसंख्या भन्दा ती संघ संस्थाको काम के त ? चन्दालाई नै टारगेट गरि बनाएका संघ संस्थाबाट देशको, समाजको वा टोलको समुन्नती हुन्थ्यो भने त नेपाल दुनियामा एक नम्बर विकसित हुनु पर्ने हो।

रोचक त यो छ की त्यो संस्थाको समिती हेर्दा लाग्छ संस्थाको अध्यक्ष (टोले गुन्डा) का घरपरिबार र नजिकका बाहेक कोही पनी बाहिरका हुदैनन। यो भजन मन्डलीले नै ऊनिहरुको खांदा देखी मंन्च सम्मको ब्यबस्था गरेका हुन्छन। यी नब सामन्तहरु देखावटी सम्मानका अतीनै पारखी, चन्दाको रकमबाट किनिएको खादा आफ्नै श्रीमतीको हातबाट लगाई आफु समाजसेबी भएको प्रचार गरिरहेका छन। यो रोग अब नेपालमा मात्र सीमित नभई प्रबासी नेपालीमा पनी तिब्रताका साथ बढी राखेको छ।

म जहाँ बस्छु यहाँका मानिसहरु एकदम संगठित छन। पेशा या ब्यबसायको आधारमा संगठन बनाएका छन। राज्यले प्रत्यकका क्रियाकलापलाई हेरी राखेको हुन्छ। यहाँ सम्मकी कसको खातामा कति पैसा छ, त्यो कसरी आयो, स्रोत के हो सबै राज्यलाई थाहा हुन्छ। यसरी यहाँ सामाजिक रकमको हिनामिना हुन पाँऊदैन। तर नेपालमा चन्दै ऊठाउनको लागी, गरिब र निसाहाराको लागी उठाईने चन्दा हजम गर्नको लागि बेरोजगारी जमातले टोल टोलमा अनेकौ नामका संस्था बनाएका छन। रोचक त यो छ की त्यो संस्थाको समिती हेर्दा लाग्छ संस्थाको अध्यक्ष (टोले गुन्डा) का घरपरिबार र नजिकका बाहेक कोही पनी बाहिरका हुदैनन। यो भजन मन्डलीले नै ऊनिहरुको खांदा देखी मंन्च सम्मको ब्यबस्था गरेका हुन्छन। यी नब सामन्तहरु देखावटी सम्मानका अतीनै पारखी, चन्दाको रकमबाट किनिएको खादा आफ्नै श्रीमतीको हातबाट लगाई आफु समाजसेबी भएको प्रचार गरिरहेका छन। यो रोग अब नेपालमा मात्र सीमित नभई प्रबासी नेपालीमा पनी तिब्रताका साथ बढी राखेको छ। दुई चारजना जम्मा भए समाज खोलिहाले। समाजको काम दशै तिहार, नयाँ बर्ष, तीज मनाऊने, चन्दाको रकमबाट पार्टी वा मोजमस्ति। यी जमातहरुको सदस्य संख्या भन्दा बढीको कार्य समिती हुन्छ त्यसमा पनि अध्यक्ष त हुनै नै भयो बाकी बरिष्ठ।

पदबिना पनि सामाजिक काम गर्न सकिन्छ भन्ने बिर्सेकाहरु पचास जना सदस्य नभएको संस्थामा छ/छ जना उपाध्यक्ष र बरिष्ठ अध्यक्ष रे। कही नभएको जात्रा हाम्रै नेपालीको मा। कुनै कार्यक्रममा दर्शक नै नहुने स्थिति । सबैलाई मंच चाहिने। मंन्चमा बोलाऊनेको नाम यताऊती भयो भने कार्यक्रम स्थलनै रणभूमिमा परिणत हुने भयले सधै आयोजकलाई सताईरहने। आफु ठुलो र समाजसेबी भएको देखावटी गर्न रुचाऊने यी नव सामन्तहरुको सबै भन्दा घृर्णित पक्ष आफैले आफैलाई या प्रायोजित भीडबाट देवत्वकरण गराउने। पंचायतीकालमा राजालाई र पंचलाई माला लगाईदिएको भरमा सामन्ती भन्दै आएका यी नबसामन्तहरु आज कुनैसानो समितीको अध्यक्ष हुदाँ पचासौ किलोको माला र खादा लगाउन हिचकिचाउदैनन।

आजकालका बकम्फुसे जस्ता आफु अध्यक्ष भएको कार्यसमितिमा श्रीमतीलाई राखी उनैको हातबाट माला र खादा लगाऊदै मंन्चमा नाकका पोरा फुलाऊदै बस्ने हुदैनथे। पाँच प्रतिशतलाई छाडी कल्याणकारी काम त यिनीहरुको छदै छैन। कुन बेला दैबीप्रकोप पर्ला र चन्दा ऊठाऊने पालो आऊला भनि कुरेर बसेका हुन्छन यो कुराको पुष्टी भूकम्प पश्चात उठेको रकममा भएको हिनामिनाबाट छर्लंग हुन्छ।

पंन्चायती कालमा केवल राजा वा उच्चपदमा रहेका ब्यक्तिको हातबाट खादा वा माला लगाऊने चलन थियो। त्यतिबेला लगाईदिने त ठुलो अहोदाका हुन्थेनै, लगाऊने पनि सामाजिक, शैक्षिक क्षेत्रमा बिशिष्ठ काम गरेका हुन्थे। आजकालका बकम्फुसे जस्ता आफु अध्यक्ष भएको कार्यसमितिमा श्रीमतीलाई राखी उनैको हातबाट माला र खादा लगाऊदै मंन्चमा नाकका पोरा फुलाऊदै बस्ने हुदैनथे। पाँच प्रतिशतलाई छाडी कल्याणकारी काम त यिनीहरुको छदै छैन। कुन बेला दैबीप्रकोप पर्ला र चन्दा ऊठाऊने पालो आऊला भनि कुरेर बसेका हुन्छन यो कुराको पुष्टी भूकम्प पश्चात उठेको रकममा भएको हिनामिनाबाट छर्लंग हुन्छ। पद, मन्च र स्टेजबिना पनि संम्मानित काम गरेमा समाजले स्वत:स्फुर्त सम्मान गर्छ भन्ने कुरा थाहा नपाएका नबसामन्तहरुले यो कुरा कहिले बुझ्ने हुन ? नेपालीहरुले यो देखावटी आडम्बरलाई कहिले त्याग्ने होलान ? भजनमन्डलीहरु कहिले स्वाबलम्बन हुने होलान् ?

कृष्ण पौडेल
हाल बेलायत ।
२०७४ असोज ८ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *