मान्छे शरीरले बूढो भए पनि मनले बुढो कहिल्यै हुँदैन- खैकुमारी निउरे

शान्त खत्री मौसम गल्कोट तारा २०७४ असोज ७ । ताराखोला गाउँपालिका- ३ हिलको कांक्राखोर रामपत्रीमा नव निर्मित घुम्टे मिलिजुली आमा समुहको भवनको उद्घाटन कार्यक्रम सप्पन्न भएको छ ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ठ सयोगदाता नरबहादुर निउरेमी ८७ बर्षकी ममतामयी माता खैकुमारी निउरेले मान्छे शरीरले बूढो भए पनि मनको बुढो कहिल्यै नहुने बताउदै समाजको लागि सबैले सधैं सहयोग गर्नु पर्ने कुरामा जोड दिईन।

कार्यक्रममा बिशिष्ठ सहयोगदाता नर बहादुर निउरेले सकारात्मक सोच त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रुपान्तरण गर्न सकिने बताए।

ताराखोला गाउँपालिका कार्यपालिका सदस्य धन बहादुर बिक हिमालले सिंह दरवारको अधिकार गाउँ ,टोलमा आएकोले जनताले परिवर्तनको महसुस गरेको कुरा बताएका थिए ।

त्यस्तै नारी कल्याण हिलकी अध्यक्ष पदमकुमारी गौचनले महिलाहरु नेतृत्व तहमा पुगेको र महिला र पनि सक्षम छन भनेर भन्ने अवस्था सिर्जना भएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा कृषि संजाल हिलका अध्यक्ष कर्ण बहादुर भन्डारी , नारी कल्याण हिलकी सचिव दुर्गा कार्की , हरि माध्यमिक विद्यालयका शिक्षक शिवप्रसाद निउरे साबिकको वार्ड नम्बर ६ हिलकी आमा समुह अध्यक्ष कोपिला कंडेल , त्यस्तै गलकोट नगरपालिका वार्ड नम्बर ६ का कासिराम गौतम , युवाहरुको तर्फबाट रामप्रसाद निउरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ताराखोला गाउँपालिका वार्ड नम्बर तिनका जनप्रतिनिधि हेमन्त घिमिरेको उनासी बर्षिया आमा डण्ड्कुमारी भण्डारी, युवाहरू नवीन लामिछाने , नारायण घिमिरेको समेत सहभागीता रहेको थियो ।

काउैत्र,म घुम्टे मिलीजुली आमा समुहकी अध्यक्ष पार्वती घिमिरेको अध्यक्षता सचिव कल्पना भण्डारीको स्वागत मन्तव्य र संचारकर्मी शान्त खत्री मौसम को संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *