दशैमा मासुका परिकार सेवनमा ध्यान दिन डाक्टरको सुझाब

घनश्याम गौतम, गल्कोट २०७४ असोज ७ । दशैँको रौनक घरसम्म आइपुगेको छ । दशैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दशैँ भन्ने बित्तिकै मासुको कुरा पनि आइहाल्छ । दशैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् ।

तर दशैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेको हामीबचि सर्बबिदितै छ । खानपिनमा सामान्य ध्यान नदिँदा दशैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको इमरजेन्सी पोलिल्किनिकका हेल्थ असिस्टेन गोविन्द चालिसेले बताए । उनले “एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिने हुदा मासुको सेवन गर्दा बिशेष ध्यान दिन आग्रह गरे ।

आरोग्य अस्पतालका सञ्चालक डा टंक चालिसेले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउदै दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने जानकारी दिए ।

उनका अनुसार “मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ,’’ डा चालिसेले बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खानु उपयुक्त हुन्छ ।
क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनको सल्लाह छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *