बडीगाड गाउँपालिकाले तोक्यो डोजरको दरभाउ

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ असोज ७ । बडीगाड गाउँकार्यपालिकाको वैठक ग्वालीचौरमा हालै सम्पन्न भएको वैठकले गाउँगाउँमा सडक पूर्वाधार निर्माण भैरहेको सन्दर्भमा स्काभेटर तथा डोजरको अधिकतम भाडा तय गरेको छ ।

जस अन्तर्गत चेन सहितका ठूला डोजर तथा स्काभेटरको प्रतिघण्टा वकेटको लागी अधिकतम रु ५५ सय र ब्रेकरको लागी रु ६५ सय, सानो टायर सहितको स्काभेटरको अधिकतम प्रतिघण्टा रु २८ सय कायम गरेको छ ।

सो मुल्य भन्दा माथिको विल पास नगर्ने निर्णय गरेको छ। बैठक गाउपालिका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *