त्रिबेणी बचत तथा ऋण सहकारी संस्था बुर्तिबाङको ११ औँ बार्षिक साधारणसभा सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ असोज ७ । ढोरपाटन नगरपालिक १ बुर्तिबाङ स्थित त्रिबेणी बचत तथा ऋिण सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उनले आफनो उद्घाटन मन्तव्यमा सहकारी सहकार्यको माध्यम भएको र सहकारीकै माध्ययमबाट नै धैरै देशहरु माथी उठेकाले हाम्रो देश नेपाललाई पनि आर्थीक समृद्धि तर्फ लैजान सहकारीको निकै महत्वपुर्ण भुमिका रहेको बताउदै त्रिबेणी बचत तथा ऋिण सहकारी संस्थाले पनि दुर्गम ठाउँमा रहेर निकै महत्वपुर्ण काम गरेकाले धन्यबाद समेत दिए । नगर प्रमुख नेपालीले यस्तै कार्यहरु आउदा दिनहरुमा पनि गर्नका लागी ढोनपाका तर्फबाट बिशेष सहयोग रहने स्पष्ट पारे ।

उनले सहकारीको सक्रियताकै कारण समाजमा अहिले भोका नाङ्गा कोहि नभएको र सहकारीले मानिसलाई उद्यमशील बन्न मदत गरेको बताए ।

ढोरपाटन नगरपालीका का प्रमुख देबकुमार नेपालीको प्रमुख आतिथ्यता , नीसीखोला गाउँपालीका का प्रमुख तारानाथ पौडेल , ईलाका प्रसाशन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाको बिशीष्ट आतिथ्यता मा सम्पन्न कार्यक्रमको उद्घाटन नगरप्रमुख देबकुमार नेपालीले पानसमा बत्ती प्रज्वलन तथा ब्यानर बाचन गरेर गर्नुभएको थियो ।

कार्यक्रममा सस्थाका उपाध्यक्ष तथा ऋण लगानी समितीका संयोजक उत्तम बहादुर महत ले २०७३ ÷७४ को संस्थाको सम्पुर्ण बिबरण तथा भावी योजना प्रस्तुत गर्दै ५०४ शेयर सदस्य रहेकोमा शेयर पुँजी एक करोड १० लाख ,२० हजार १ सय १० , जगेडा कोष १ करोड १९ लाख ९५हजार ८ सय ६ , निक्षेप ८ करोड ३४ लाख ७७ हजार ६ सय ५ , कर्जा लगानी ९ करोड , ८६ लाख ९० हजार , कर्जा असुली ८ करोड २ लाख १२ हजार ७ सय ७७ , उठ्नुपर्ने ऋीण ९ करोड ३७ लाख ३ हजार छ सय ९१ , तथा नगद कारोबार , ३८ करोड ३३ लाख १० हजार ४ सय २७ रहेको छ भने तिर्नुपर्ने ऋीण भने कत्ती पनि नभएको बताए ।

सो अबसरमा संस्थाका उपाध्यक्ष महतले आउने आर्थीक बर्षमा संस्थाको साढे ३ तले नीजी भवन बनाउने तथा आउने बैशाख १२ गते सहकारीको स्थापना दिबश भब्यताका साथमा मनाउने लगायतका भावी योजना समेत प्रस्तुत गरेका थिए ।

सो अबसरमा उत्कृष्ठ बचतकर्ता , उत्कृष्ठ बाल बचतकर्ता , तथा एस ई ई मा उत्कृष्ठ जीपीए ल्याउने बिद्र्याीलाई सम्मान तथा पुरस्कृत गरीएको थियो । जसअन्र्तगत उत्कृष्ठ बाल बचत तर्फ लबसन खनाल र चाहना साप्कोटा , उत्कृष्ठ बचतकर्ता तर्फ सरन पाण्डे , र डम्बर खत्रि , नियमीत र उत्कृष्ठ संस्थागत बचततर्फ भुजी माबि अधिकारीचौर र निसीदोभान लघुजलबिद्युत , त्यस्तै नियमीत ब्याज भुक्तान गर्ने असल ऋिणीतर्फ तिलकला पुन र गणेश बिश्वकर्मा , महिला उद्यमी खिमकुमारी शेरचन रहनुभएको छ । उता एस ई ई मा उत्कृष्ठ जीपीए ल्याउने सामुदायीक बिद्यालय तर्फ प्रकाश पौडेल , रोहीत छन्त्याल र सुजित छन्त्याल रहेका छन् भने संस्थागत तर्फ सागर कंडेल र लक्ष्मण शर्मालाई पुरस्कृत गरिएको थियो ।
सो अबसरमा प्रमुख अतिथीलाई पनि सम्मान तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता सम्पन्न कार्यक्रममा निसीखोला गाउँपालीका का प्रमुख तारानाथ पौडेल , ईलाका प्रसाशन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा , शेयर सदस्यको तर्फबाट खुमराज शर्मा , शेयर सदस्य गण्डकी थापा अधिकारी संस्थाका ऋिण असुली संयोजक रामप्रसाद आचार्य , लेखा संयोजक ढालेन्द्र छन्त्याल , संरक्षक घनश्याम शर्मा , ढोनपा वडा नं १ का अध्यक्ष चित्र बहादुर भण्डारी , प्रभु बैकंका शाखा प्रबन्धक खिम बहादुर केसी , संस्थाका सल्लाहकार संगोजक नबिन जीसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

संस्थाका शेयर सदस्य, सञ्चालक समितीका पदाधिकारी, बचतकर्ता ,सेवाग्राही ,सहकारीकर्मी , समाजसेबि बुद्धिजीबी सुरक्षाकर्मी ,सञ्चारकर्मी लगायतको उपस्थीती रहेको कार्यक्रम संस्थाका कोषाध्यक्ष हीरालाल खनालको स्वागत मन्तब्य तथा संस्थाका सचीब कृष्णकुमारी आर्चाय र सहसचिब ऋितुबर्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *