गुल्मीमा बाह्र घण्टाको अन्तरालमा दुई सवारी दुर्घटना, ३ जनाको मृत्यु !

प्रेम सुनार, गुल्मी, २०७४ असोज ७ । शनिवार विहान बुटवलको शिद्धवावमा पहिरोले पुरेर दुई जना गुल्मेलीको ज्यान गएको १२ घण्टा नबित्दै फेरी दिउँसो सोही सडक खण्डको दुविचौर भँगेरीमा जिप दुर्घटनामा परी अर्का एक गुल्मेलीको पनि ज्यान गएको छ ।
गुल्मीमा जिप दूर्घटनामा ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् । गुल्मीको गौंडाकोटवाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि जिपका चालका इस्मा गाउँपालिका २ निवासि ३४ वर्षीय डम्मर कुवँर घाईते भएका छन् । घाईते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटना भएको उक्त जिप सडकबाट करिव २ मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *