Menu

कुस्मा छमर्केमा घरधनी संग झगडा हुँदा डेरागरी बस्ने एकजनाको मृत्यु

महेन्द्र केसी, पर्वत २०७४ असोज ७ । कुस्मा नगरपालिका ४ छमर्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ ।

मृतक बिकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी घाइते विकको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार दुइ पक्षविच शुक्रबार साँझ ७ बजे झगडा भएको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले बताए । प्रहरीले घरधनी खेमबहादुर पुर्जा पुन सहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *