गायक खत्रीलाई कसले बोलायो जापानमा ?

मेघराज रिष्मेली जापान २०७४ असोज ६ । ‘जुन मायाले जापानै बोलायो’ बोलको लोक दोहोरी गीत यती बेला प्रवासी नेपाली विच लोकप्रिय हुँदै गएको छ । नेपाली लोक गीत क्षेत्रमा एउटा छुट्टै आशाका केन्द्रका रुपमा आएका गोपाल खत्रीको शब्दमा ल्याएको गीतमा स्वर लोकप्रिय गायिका देवी घर्ति र शब्द संकलक स्वयं खत्रीको रहेको छ ।

गीतमा संगीत गणेश अधिकारीले भरेका छन । गीतको भिडियोमा सुमन थापा मगर र अञ्जली अधिकारीको अभिनय रहेको छ । खासगरी जापानमा बसेका प्रेमीले नेपालमा रहेकी आफ्नी प्रेमिकालाई जापानमै बोलाएको विषयलाई गीतमा उतार्न खोजिएको छ । जापान–नेपालको बसाईमा एकअर्काको भावना साटिएको म्यूजिक भिडियोको निर्देशन भने स्मृती तिमिल्सिनाले गरिकी छिन । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *