निसीखोला गाउँपालिकाको थापागाउँमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

जानुका खरेल, बुर्तिवाङ २०७४ असोज ६ । निसीखोला गाउँपालिका वडा नं. ४ थापागाउँमा शुक्रवार राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ ।

राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाका ईञ्चार्ज खीम विक्रम शाहीको विशेष उपस्थितिमा आयोजना गरिएको भेलाले, मेखबहादुर घर्तिको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन भएको त्यहाँबाट मिलन हमालले जानाकारी दिए । समितिको उपाध्यक्षमा टेकबहादुर विक, सचिवमा हेमलाल रेग्मी, सह सचिवमा उषा रेग्मी, कोषाध्यक्षमा रामप्रसाद रेग्मी सहित अरु सदस्यहरु चयन गरिएको छ ।

समिति गठन पछि बसेको पहिलो बैठकले, स्थानीय स्तरमा सदस्यता वितरण गर्ने, थप समिति गठन गर्ने, निर्णय गरिएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिका वडा नं. ४ का सदस्य लिला घर्ति र युवक संघका सदस्य युवराज रेग्मीको समेत उपस्थिति रहेको थियो ।

यसैवीच निसीखोला गाउँपालिका—२, काल्नेचौरमा गठन गरिएको दलित वर्ग उत्थान समन्वय समितिको तेस्रो साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाले झम सिरपालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।समितिको उपाध्यक्षमा खिमा सिरपाली, सचिवमा टिकाराम सिरपाली, सहसचिवमा रुमबहादुर रसाइली, कोषाध्यक्षमा विष्णु विक लगायत अन्य सदस्यहरु रहेका छन् ।

त्यस्तै, शुक्रवार नै इदबहादुर रसाइलीको संयोजकत्वमा ३ सदस्यीय लेखा परिक्षण समितिको समेत गठन गरिएको छ । जसको अन्य सदस्यहरुमा शिला सिरपाली र पार्वती रसाइली रहेका छन् । साधारणसभाको अवसरमा समितिको आय÷व्यय र कार्यसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
नयाँ कार्यसमितिको पहिलो बैठकले निसीखोला गाउँपालिका—२, को टारीफाँटदेखि गोद्रेचौरसम्मको स्थानीयहरुले प्रयोग गर्दै आएको गोरेटो बाटो सरसफाई र मर्मत गर्ने निर्णय गरेको छ ।

साधारणसभा इदबहादुर रसाइलीको अध्यक्षता र झम सिरपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *