रेडियो परिवर्तन व्यवस्थित सञ्चार माध्यमका रुपमा स्थापित भएकोमा वक्ताहरुबाट प्रशंसा

सुमन सुनार, बुर्तिवाङ २०७४ असोज ६ । सामुदायिक रेडियो परिवर्तनले विजया दशमी, शुभदीपावली तथा छट पर्वको पूर्वसन्ध्यामा शुक्रवार बुर्तिवाङमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बुर्तिवाङमा रहेका सबै सञ्चारमाध्यमहरु एकतावद्ध भएर ढोरपाटन क्षेत्रको विकास निर्माण, जनताको चेतना विस्तार तथा स्थानीय निकायसँग समेत समन्वयकारी भुमिकामा रहन आग्रह गदैँ विजया दशमीको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख कर्मती पुन मगर, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्य, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा ग्रैह्र सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय स्तरमा क्रियाशील राजनैतिक पार्टि प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा सञ्चारकर्मीहरुले आ आफ्नो तर्फबाट विजया दशमी, शुभदीपावली तथा छट पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनसञ्चार सहकारी संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो परिवर्तनले आज शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चार सूचना प्रवाहको महत्वपूर्ण माध्यम हुँदा विकास निर्माणको साझेदार संस्था बन्नुपर्नेमा जोड दिएका थिए ।

रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता उपाध्यक्ष निमलाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा विजया दशमीको शुभकामना दिँदै बक्ताहरुले, सञ्चार क्षेत्र र त्यसका सञ्चारकर्मीहरु सचेत संयम र जागरुक भएर नागरिकलाई सही सूचना प्रदान गर्न तथा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरेका थिए ।

रेडियो परिवर्तन स्थापना कालदेखिनै दुर दराजका जनताको सारथी बन्दै आएको र व्यवस्थित सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै अझै थप सशक्त भएर अघि बढन बक्ताहरुले सुझाव तथा शुभकामना दिएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *