जनप्रतिनिधिहरुले जनताको वास्तविक समस्या बुझी काम गर्नु पर्छ- माओवादी नेता शर्मा

शान्त खत्री मौसम, बागलुङ तारा, २०७४ असोज ६ । ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनप्रतिनिधि प्रशिक्षण तथा सम्मान कार्यक्रमको माओवादी नेता दीनानाथ शर्माले उद्घाटन गरेका छन् ।

कार्यक्रम उद्द्घाटन एवम् समसामयिक राजनीति बिषयमा सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री शर्माले माओवादीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नको लागि जनप्रतिनिधिहरुले जनताको वास्तविक समस्या बुझी काम गर्न आग्रह गर्दै अरुले के भने भन्दा पनि आफुले के गर्ने भन्ने मुल कुरा रहेको बताए ।

कार्यक्रममा स्थानीय विकास बित्तीय सदस्य , नेपाल सरकारले प्रमुख उप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रदान गरेको प्रशिक्षणमा प्रशिक्षकको काम गर्दै आएका डाक्टर नारायण बहादुर थापाले बिकास योजना तथा बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धि प्रशिक्षण दिएका थिए ।

त्यस्तै स्थानीय विकासको सन्दर्भमा लामो समय सम्म प्रशिक्षक एवम् नेपाल सरकार द्रारा संचालन गरिएको प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको प्रशिक्षकमा प्रशिक्षक अरुण रेग्मीले स्थानिय सरकारको काम , कर्तव्य र अधिकार तथा संचालन बिधिको बारेमा जनप्रतिनिधि , विभिन्न कार्यालयका ब्यक्तिलाई प्रशिक्षण दिएका थिए

प्रशिक्षण कार्यक्रममा जिल्ला भरिका माओवादी केन्द्रबाट बिजयी जनप्रतिनिधिलाई सम्मान कार्यक्रम समेत गरिने जनाईको छ ।

आजको कार्यक्रमको पूर्व शिक्षामन्त्री शर्माको प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चाज फोमलाल निउरेको अध्यक्षता जिल्ला सह ( संयोजक ताराखोला गाउँपालिका प्रमुख प्रकाश घर्तीको स्वागत मन्तव्य र जिल्ला संयोजक ग्यामनाथ गैरे अनिलको संचालनमा पहिलो दिनको कार्यक्रम सप्पन्न भएको छ ।

भोलि बिहान ७ बजेदेखि नेतृत्व तरिका सीप , व्यवहारिक अन्तरक्रिया डाक्टर नारायण बहादुर थापा र वार्ता गर्ने सीप अरुण रेग्मी द्रारा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *