नेपाललाई हिन्दु राष्ट्र स्थापना गर्न राप्रपाले राख्यो जनमत संग्रहको माग !

काठमाडौ २०७४ असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले नेपाललाई हिन्दुराष्ट्र स्थापना गर्ने वारे जनताको प्रत्यक्ष अभिमत लिन जनमत संग्रहको माग गरेको छ । बैठकले यहि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसंगै राष्ट्रिय जनमत संग्रह गर्न प्रस्ताव समेत अघि सारेको छ ।

यस मागवारे सरकार र सम्बद्ध पक्षको ध्यान आकर्षित गर्न यहि असोज २३ गते सम्पुर्ण जिल्ला समदरमुकामहरुमा जुलुस र सभा गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिने कार्यक्रम तय गरेको छ ।

बैठकले धर्मनिरपेक्षताको आडमा योजनावद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सिर्जना गरेर लाखौं नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेकोले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको र सदियौ देखि नेपाली समाजमा कायम रहेको सदभाव र एकता खलबलिई देशमा धार्मिक व्दन्द बढने संभावना देखिएको पनि ईगित गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *