रामेछाप बिटारमा बस दुर्घटना ३ जनाको मृत्यु १८ जना घाईते

रामेछाप, २०७४ असोज ६ । रामेछाप नगरपालिका–८ बिटारमा बा.२ ख ६३७५ नम्बरको बस ब्रेक फेल भई सडकबाट करीब ४० मिटर तल खसेर दुर्घटना हुँदा शुक्रबार बझाङ घर भएकी २५ वर्षीया उमा खड्का र रामेछाप नगरपालिका–८ बस्ने २६ वर्षीया बालकुमारी बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । साथै रामेछाप नगरपालिका–८ बस्ने ५५ वर्षीय दिपक श्रेष्ठ गम्भीर घाईते भएकाले प्राथमिक स्वास्थ्य केन्द्र मन्थली पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य १८ जना समेत घाइते भएकाले उपचार भइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *