गल्कोट साँस्कृतिक महोत्सवमा रु १ लाख बढी पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज ६ । प्रथम गलकोट साँस्कृतिक महोत्वस २०७४ मा १ लाख बढी पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबल खेललाई प्रबन्धन गर्नका लागी गलकोटमा पहिलो पटक रु १ लाख २ हजार २ सय २२ राशिको भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक सदस्य होम बहादुर थापाले ईबागलुङलाई बताए ।

आगामि असोज १८ गतेदेखि २८ गतेसम्म मजुवाफाँटमा आयोजना गरिएको महोत्सवको मुख्य आकर्षणको रुपमा खुल्ला भलिबल प्रतियोगिता रहने आयोजक सस्था पोखरा स्थित हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्टका सचिव मोहन केसीले जानकारी दिएका छन् ।

खुल्ला भलिबल खेलमा जिल्ला बाहिरबाट सहभागी हुने समुहलाई प्रथम दिन ३ हजार भत्ताको ब्यवस्था गरिने आयोजकले जनाएको छ । गलकोट क्षेत्रमा सबैभन्दा प्रचलित भलिबल खेल भएका कारण आयोजकले बिशेष प्राथमिकता दिएको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *