‘शान्ति, सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ नारा सहित प्रभात फेरी

बागलुङ २०७४ असोज २६ । गृह मन्त्रालयले ल्याएको ८४ बुँदे प्रशासन सुधार कार्य योजना अन्तरगत शुक्रवार विहान बागलुङ जिल्ला सदरमुकाममा शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र हाम्रो प्रशासन भन्ने नारा सहितको व्यानर लिएर प्रभात फेरी एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

मुलुकका सतहत्तरै जिल्ला सदरमुकामहरुमा विहान ठीक ८ बजे एकैचोटी यो कार्यक्रमको आयोजना गरिएको हो । गृहमन्त्री जनार्दन शर्माले ल्याएको ८४ बुँदे प्रशासन सुधार कार्य योजना अन्तरगत आजको कार्यक्रम भएको हो ।

प्रभातफेरी पश्चात स्थानीय बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङव्दारा ८४ बुँदे प्रशासन सुधार कार्य योजना वारे बुँदा गत विवरण प्रस्तुत गरिएको थियो भने सहायक प्रजिअ धु्रव गिरीव्दारा स्वागत एवंं कार्यक्रम माथि प्रकाश पाएिको थियो ।

कार्यक्रममा प्रमुख अतिथी संयोजक ढुंगाना, अध्यक्षको आसनबाट प्रजिअ थापा, काठेखोला गाउपालिका अध्यक्ष अमर थापा, अधिवक्ता काजीगाउँले श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

तस्वीर सौजन्य: अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !