प्रकाश माविबाट शैक्षिक भ्रमणमा गएको बिद्यार्थी टोली फर्कियो

खेमराज अर्याल, बुर्तिवाङ २०७४ असोज ५ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ मा रहेको प्रकाश माध्यमिक विद्यालयको एक टोली विभिन्न ठाँउको भ्रमण सकेर आज फर्केको छ । यही असोज १ गतेदेखी सुरु भएको शिक्षक विद्यार्थी सहितको शैक्षिक भ्रमणमा ४१ जना सहभागी थिए ।

पोखराको फेवाताल वेगनासताल तालवाराही मन्दिर डेविड फल्स गुप्तेश्वर महादेव गुफा पि.एन क्याम्पसको संग्रालय पोखरामै रहेको अन्तराष्ट्रिय संग्रालय सराङकोट विन्दावासिनी मन्दिर तथा ऐतिहासिक गोरखा दरबार तथा वन्दिपुर लगाएतका ऐतिहासिक तथा पर्यटकीय महत्वका क्षेत्रको अवलोकन पश्चात ५ दिने शैक्षिक भ्रमण सकिएको विद्यालयका प्रध्यानाध्यापक दुर्गा वहादुर थापाले बताए ।

विभिन्न ठाँउमा रहेका प्राकृतिक तथा धामिर्क स्थलहरुको प्रत्यक्ष जानकारी गराउन प्राचीन कला संस्कृतिको जानकारी गराउन विभिन्न ठाँउका मानिसको जीवनशैली बारे जानकारी गराउन प्रत्येक वर्ष कक्षा ९र १० का विद्यार्थीलाई शैक्षिक भ्रमण लैजाने विद्यालयको वार्षिक कार्यक्रम अनुसार यो वर्ष पनि भ्रमण लगिएको प्रध्यानाध्यापक थापाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *