कार्यकारी अधिकृत लामिछानेको सरुवा : बागलुङ नगरपालिकाले खोज्यो, ‘हुन्छ बहादुर हाकिम !’

बागलुङ २०७४ असोज ५ । दशैँ आई पुग्न लाग्दा बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत सुवास कुमार लामिछाने पेलुवामा परेका छन् । बागलुङ नगरपालिकाको निर्वाचन सम्पन्न भै जनप्रतिनिधीहरु बहाली गरे देखी नै नगरप्रमुख जनक पौडेल र कार्यकारी अधिकृत लामिछाने बीच आर्थिक लगायत विविध कुराहरुमा मतैक्य हुन नसकेको टिप्पणी सार्वजनिक भैरहेको थियो ।

कुनै कार्यक्रम अन्तर्गत निश्चित समयका लागि नगरपालिकामा भर्ना गरिएका कर्मचारी कार्यक्रम नै समाप्त भैसकेपछी स्वत: हट्नु पर्नेमा नगर प्रमुख पौडेलले स्वत: पदमुक्त भएका त्यस्ता कर्मचारीलाई पनि नगरपालिकामा हाजिर गराई राख्न र निजलाई तलब खुवाउन दबाब दिई रहेकाले पनि नगरपालिकामा बिबाद चर्किएको श्रोतले बतायो ।

पछिल्लो समय धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थासंग बागलुङ नगरको फोहोर व्यवस्थापन गर्ने बागलुङ नगरपालिकाका संग गरिएको पन्चवर्षिय संझौत रद्द गरी आफना कार्यकर्तालाई दिन दबाब झेली रहेका कार्यकारी अधिकृतले पाँच वर्षलाई गरिएको ठेक्का दुई वर्षमा नै तोड्न कानून सम्मत नभएको भनि अडान लिएकाले नगर प्रमुख कार्यकारी अधिकृतसंग रुष्ट बनेको समाचार बाहिर आएको थियो ।

अहिले धौलागिरी फोहर व्यवस्थापन तथा बातावरण संरक्षण सहकारी संस्था बागलुङसंगको पन्च वर्षिय संझौता रद्द गरिसकिएको अवस्था नभएपनि नगरपालिकाले फोहोर उठाउन दिदै आएको ६ जना कर्मचारीलाई फिर्ता बोलाईएको हालै नगरपालिकाले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नियम बिपरीतका ठाडो आदेश पालना गर्न नमानेपछी उनलाई नगर प्रमुखले तत्काल सरुवा गर्न हार गुहार गरेका कारण मन्त्रालयले सरुवा गरेको चर्चाका साथ बागलुङ नगरपालिकाले ‘हुन्छ बहादुर हाकिम खोज्यो’ भन्ने आम नगरवासीमा टीका टिप्पणी भैरहेको छ ।

स्मरणीयछ, कार्यकारी अधिकृत लामिछाने गत चैत महिनाको पहिलो हप्ता मात्र बागलुङमा स्थानान्तरित भएर आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *