गल्कोट नगरपालिका भित्रका सडक दशैं अगाडि नै मर्मत गर्ने गरि काम सुरु !

थम्मन थापा सन्देश, गल्कोट २०७४ असोज ४ । गलकोट नगरपालिका भित्रका सडकहरु दशैं अगाडि नै मर्मत गर्ने गरि काम सुरु भएको छ । यसै क्रममा गलकोट नगरपालिका= ७ मल्मले सडक मर्मत कार्यलाई तिव्रता दिईएको छ । आॅगाखेत देखि सानोखोला सडक खण्ड मर्मत गरिएको छ ।

आज सप्ताहघाट देखि बिसारेडाॅडा सम्म सडक मर्मत कार्य चलिरहेको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । त्यसै गरि वडा भित्र रहेका मल्म पाण्डवखानी सडक, ठुलोचौतारा अरबेदी सडक र सानोखोला, जनहित मावि, कोल, भल्साङ सडक पनि क्रमश मर्मत गरिने अध्यक्ष थापाले बताए । सडक मर्मतको लागि जेसिबी स्काभेटर प्रयोग गरिएको छ । वर्खायाम सुरु भए सॅगै सडकमा बनेका खाल्डा खुल्डी पुर्ने, नाली निर्माण, बढि उकालो ठाउॅमा सोलिङ लगायतका कार्य गरि सडक मर्मत कार्यलाई अगाडि बढाईएको जिल्ला समन्वय समिति बागलुङका सदस्य तथा वडा सदस्य दल बहादुर थापाले जानकारी दिP । सडक मर्मत पछि वडा भित्र यातायात सञ्चालनमा सहजता हुने बताईएको छ । गलकोट नगरपालिकाले चाडपर्वलाई लक्षित गरि सडक मर्मत कार्यलाई तिब्रता दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *