सीवाईसी गल्कोट सेवाकेन्द्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गुमानसिह भण्डारी, गल्कोट २०७४ असोज ४ । सीवाईसी बचत तथा ऋण सहकारी सस्था गलकोट सेवा केन्द्रले शुभकामना आदान प्रदान तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै सिवाईसी नेपाल केन्द्रिय कार्यालयका सञ्चालक समिति सदस्य हर्क पाण्डेले सहकारीले छोटो समयमा गरेको प्रगति उदारण्ीाय भएको बताए । उनले गलकोट सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्रको रुपमा पर्न सफल भएको भन्दै यसलाई थप सशक्त्त बनाउन गलकोट भरिका मानिसहरुलाई आवद्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सस्थाका सदस्य भक्त बहादुर घर्ती, मञ्जु शर्मा चालिसे, खिम साहनी, गलकोट बहुमुखी क्यापसका स्वययु सभापति गुमानसिह भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सस्थाका नयाँ सेयर सदस्यलाई स्वागत गरिएको थियो । सो अवसरमा सिवाईसी नेपालका केन्द्रिय कार्यालयका प्रबन्धक नवराज शर्माले सिवाईसी नेपालले प्रदान गर्ने सेवा, सुबिधा लगायतका बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी सेयर सदस्य र अन्य ब्यक्तिहरुले सस्थामा आवद्ध भएपनि हुने फाईदाका बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रम गलकोट सेवा केन्द्रका संयोजक राम बहादुर केसीको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मी खड्काको स्वागत मन्तब्य र सचिव मिना चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *