गल्कोट मजुवाफाँटमा आयोजना गरिने प्रथम गल्कोट साँस्कृतिक महोत्सवको तयारी तीब्र !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज ४ । गल्कोटको मुजुवाफाँटमा असोज १८ गतेदेखि सुरु हुने प्रथम गल्कोट साँस्कृतिक महोत्सव २०७४ को तयारी तीब्र पारिएको छ । असोज १८ गतेदेखि २८ गते सम्म सञ्चालन हुने महोत्सबको ५ प्रतिशत तयारी पुरा भएकोसाँकृतिक महोत्सवका आयोजकले जानकारी दिएका छन् ।

महोत्सबको स्टल निर्माण कार्य तिब्र पारिएको आयोजक सस्थाका सचिव मोहन केसीले बताए । महोत्सबमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट लगायतका एक सय भन्दा बढि स्टल रहने केसीले जानकारी दिए ।

यस महोत्सवको आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको आयोजकले बताएका छन् ।

महोत्सवमा गलकोटका माछा, मौरी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनीलाई पनि महोत्सबमा समेटिने भएको छ । महोत्सबमा स्थानीय प्रतिभाको खोजी अन्तरगत गलकोट आईडल गायन प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारवाट स्टेज सो, बाल उद्यान ,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सवलाई पनि समाबेश गरिएको छ ।

महोत्सब अवलोकनको लागि सर्वसाधारणलाई ७० र बिद्यार्थीको लागि ५० रुपैया टिकट दर कायम गरिएको आयोजक सदस्य जय बुढाथोकीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *