उत्तरगगां माध्यमिक विद्यालयमा विजया दशमी तथा दिपावलीको शुभकामना कार्यक्रम

टीकाराम भट्टराई ,बुर्तिबाङ २०७४ असोज ४ । बुर्तिवाङ स्थित उत्तरगगां माध्यमिक विद्यालयमा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज देखी बडा दशेै शुभ दिपावली तथा छट पर्वको बिदा भएकाले बिहानी कक्षा ११ र १२ का बिद्यार्थी एवंम शिक्षकहरु बिच सो कार्यक्रम समपन्न भएको कक्षा १२ का विद्यार्थी सुवास पौडेलले बताएका छन् ।

विजया दशमी तथा शुभ दीपावलीको शुभकामना दिदै प्रध्यानाध्यापक धन बहादुर कुवंरले अनुशासनमा रहि विदाको समयमा समेत स्वअध्ययन गर्न आग्रह गरेका थिए ।

बिद्यार्थीको तर्फबाट घनश्याम चालिसे, हेमराज रसायली,लक्ष्मी अर्गेजा,राजु लम्साल ,चन बहादुुर बुढा, सद्दाम हुसेन, सुकिल बि.क, देवी क्षेत्री, प्रमिला बुढा मगर, कृष्ण प्रसाद जैसी र नरेस शर्माले शुभकामना ब्यक्त गरेका थिए ।

शिक्षकको तर्फबाट शिक्षक ईश्वरी पौडेल, टीका बहादुर पुन, लोकेन्द्र सुनार, चेतनारायन पौडेल र मिन बहादुर महतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन कक्षा १२ का बिद्यार्थी टीकाराम भट्टराईले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *