Menu

दशैँ आईपुग्न लाग्दा विद्युत आयोजनाको मेसिन बिग्रिएपछी ढोरपाटनका दुई वडा अध्यारै

झरना कँडेल, बुर्तिवाङ २०७४ असोज ४ । ढोरपाटन नगरपालिका वडा.न ३ पुर्कोट चिरबाङमा रहेको चिरबाङ लघु जलविधुत परियोजना अबरुद्ध हुदा ढोरपाटन नगरपालिकाको वडा.न ३ र ४ मा रहेका १६० भन्दा वढि उपभोक्ता विगत ३ दिनयता अन्धकारमा बस्न बाध्य भएका छन् ।

पावरहाउसको मेसिनमा खराबी आएपछी ढोरपाटन नगरपालिकाको वडा.न ३ मा रहेको बिसमोर, पुर्कोट, इजर, अजगा, र्मुछा र ढोरपाटन नगरपालिकाको वडा.न ४ को भाङ्गी, हुन्द्रका उपभोक्ता मोबाईल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिज हेर्न एवं बिधुत मार्फत सन्चालन हुने सामग्री उपयोग गर्नबाट समेत बन्चित छन् भने स्कुले बिद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको वडा.न ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिले इबागलुङलाई बताए ।

पुर्कोटमा रहेको मिल समेत बन्द हुदा त्यहाँका बासिदा कुटानी पिसानीका लागी बुर्तिबाङ र हुन्द्रफेदी धाउनुपर्ने बाध्यता रहेको स्थानिय हेमलाल गैरेले जानकारी दिए ।

मर्मतका लागी बुटवल पठाईएको मेसिन बन्न अझै ३÷४ दिन लाग्न सक्ने र त्यो मेसिन लिएरु जडान गरीसकेपछी मात्रै बिद्युत सुचारु हुने आयोजनाका अपरेटर यम बहादुर पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *