संविधान दिवसको अबसरमा लोकतान्त्रिक चोकमा युथ अफ बागलुङव्दारा दीप प्रज्वलन

बागलुङ २०७४ असोज ३ । युथ अफ बागलुङ (Youths of Baglung)को आयोजनामा तेस्रो संविधान दिवंसको अबसरमा बागलुङ बजारमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
फेसबुक मार्फत सकारात्मक जनचेतना जगाउने एवं युवा संगठित गर्ने उद्देश्यले चार वर्ष अघीदेखी सुरु गरिएको युथ अफ बागलुङ नामक फेसबुक ग्रुपमा आबद्ध ४० जना सक्रिय युवाहरुको समुहले बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेपालको नक्सा माथि कोरिएको नेपालको राष्ट्रिय झण्डा एवं नेपालको संविधान २०७२ नामले कोरिएको आकारमा दीप प्रज्वलन गरिएको थियो ।

युथ अफ बागलुङका जुझारु युवा रोशन कुँवरले सञ्चालन गरेको कार्यक्रममा युथ अफ बागलुङका एडमिन मनिश कंडेल, रोशन जिसी, सन्देश बोगटी, इश्वर ढकाल, अनुप केसी होमी जीसी, सुरक्षा पन्त, सुस्मिता केसी लगायतका युबाहरुको कार्यक्रममा सहभागिता रहेको युथ्स अफ बागलुङका अभियन्ता राम प्रसाद घिमिरेले वताए ।

यो समुहले समय समयमा समाज रुपान्तरणका सकारात्मक कार्य गर्दै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *