आवश्यकता अनुसार योजनाको प्राथमिकीकरण गर्नेछु – कंडेल

कोपिला कंडेल, बागलुङ २०७४ असोज ३ । काठेखोला गाउंपालिका अन्तर्गत वडा नम्वर ६ बिहुकोटले आज एक समारोहका बिच कार्ययोजना तथा बजेट सार्वजनिक गरेको छ । वडा नम्वर ६ बिहुंकोट बागलुङ्गले पदभार ग्रहण गरेको १०० दिन पुरा भएको अवसरमा आज वार्ड भेला गरी ८४ लाख रुपयां बराबरको योजना सार्वजनिक गरेको हो । काठेखोला गाउपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले कार्ययोजना प्रस्तुत गर्दै आवश्यकता अनुसार योजनाको प्राथमिकिरण गरिने बताए ।

उनले यातायात, खानेपानि, पशुपालन कृषि, सामाजिक सुरक्षा भत्ता लगायतका बिषयबस्तुलाई पहिलो प्राथमिकता दिने बताए । गाउंपालिका अन्र्तगतका धार्मिक तथा पर्यटकिय सम्भावनाका क्षेत्र राममन्दिर, बिहुकोट, शिवालय मन्दिर लगायतका क्षेत्रको मर्मत सम्भार र व्यवस्थापन लगायतका शिर्षकमा बजेट बिनियोजन गरेको उनि उनले जानकारी दिए ।

वडा भित्र संचालन भएका बिभिन्न सामाजिक संघसंस्थालाई वार्ड कार्यालयमा नियम पुर्बक दर्ता गर्न आग्रह गर्दै अध्यक्ष कंडेलले आफ्नो कार्यकालमा नियम बिपरितका कुनैपनि गतिबिधी हुन नदिने दाबी गरे । दलित महिला ज्यष्ठ नागरिक अपाङ्ग लगायतका बिपन्न बर्गको हकहितका लागि बिशेष योजना निर्माण गरेको चर्चा गर्दै उहांले स्थानियले आवश्यकताको आधारमा बिकास निर्माणका योजनालाई शुरु गरे आफ्नो तर्फबाट बजेटको अभाव हुन नदिने पनि उनले बताए । कंडेलले करको दायरा बढाउने, ब्यवस्थापन गर्ने, बिद्यालय एबं बाटोघाटोको मर्मत सुधार लगायत समाजिक रुपमा भैपरी आउने घटनालाई आफ्नो क्षेमताले भ्याएसम्म ईमान्दारीपुर्ण भुमिका निर्वाह गर्ने प्रतिवतापनि व्यक्त गरे । उनले पदभार ग्रहण गरेको १ सय दिन भित्रका सबै गतिबिधी सार्वजनिक गरेका थिए ।

सो अवसरमा बोल्ने सहभागिले प्राथमिकतामा पानर््ुपर्ने वार्डका समस्था बारे जानकारी गराएका थिए ।

कार्यक्रममा समाजसेबी देबी प्रसाद कंडेल, नेकपा एमालेका प्रतिनिधी हरी प्रसाद कंडेल, अमृतपानि निमाबीका प्रधानाध्यापक दिल प्रसाद कंडेल र पत्रकार कोपिला कंडेल लगायतले बोलेका थिए । कार्यक्रम वार्ड अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता, र वडा नम्वर ६ का सदस्य लिला ढुङ्गानाको स्वागत मन्तब्य र गाउंपालिका सचिव मनोज कुमार कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *