कर्लिम आधारभुत बिद्धालयको ३९औ बार्षिकत्वस बिविध कार्यक्रम गरि मनाईयो

भरत सापकोटा, बागलुङ २०७४ असोज ३ । काठेखोला ५ बिहुँकोट स्थित कर्लिम आधारभुत बिद्धालय को ३९औ बार्षिकत्वस बिविध कार्यक्रम गरि मनाईयो । बार्षिक उत्सव समारोहमा बिद्यालयको २ कोठे पक्कि भवन प्रमुख अतिथि वयोवृद्ध पण्डित एवं समाजसेवी बालकृष्ण सुवेदीबाट उद्धाटन गरिएको थियो।

वार्षिक उत्सवको अवसरमा कर्लिम आधारभुत बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धि गर्न पहल गर्दै चन्दा दाताहरुलाई सम्मान गरिएको बिद्यालयका प्र अ गौरीशंकर सुवेदीले जानकारी दिए ।

सो कार्यक्रममा काठेखोला ५ बाट नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान तथा स्वागत पनि गरिएको थियो ।साथै उक्त बिद्धालयमा पुर्व शिक्षकहरु हरि आचार्य अर्जुन कडेंललाई बिदाई तथा सम्मान गरिएको थियो।

बिद्धालयको बार्षिक प्रतिवेदन बिद्धालयका प्रधानाध्यपक गौरिशंकर सुवेदव्ले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुवेदी गौरी अध्यक्ष कोष कडेल रवि पार्वती अक्षय कोष सुयुंक्त अक्षय कोष तर्फ देखि बिद्धालयमा अध्ययन गर्ने गरिब तथा जेहनदार बिद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा अमर माध्यमिक बिद्धाल का प्रधानाध्यापक भीष्म कंडेंल नेपाली कांग्रेस काठेखोला समितिकि सदस्य ज्ञानकुमारी श्रीस शर्मा वडा न ५ का वडा अध्यक्ष शिव प्रसाद कडेलले मन्तव्य दिएको कार्यक्रमको सभापतित्व बिद्धालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद कडेलले गरेका थिए ।
सो कार्यक्रम को संन्चालन शिक्षक यमलाल कडेल र स्वागत मन्तब्य शिक्षक चिरन्जिवी कडेलले गरेका थिए ।

साथै सो क्रायक्रममा बिद्धालय ०७३ मा प्रथम द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *