बुर्तिबाङमा भेडा/च्याङग्रा भित्रिए : एउटा च्याँग्राको मुल्य ३० हजार, भेँडाको मुल्य २५ हजार !

छविलाल पाण्डे, बुर्तिबाङ २०७४ असोज ३ । दशै तिहार नजिकिदै गर्दा बुर्तिबाङ बजारमा प्रशस्त मात्रामा भेडा च्याङग्रा भित्रिएको छ । बिगतका बर्षमा जस्तै यस बर्षपनी भेडा च्याङग्रा खरिद कार्य सुरु भईसकेको छ ।

गत तिनदिनदेखि बजार क्षेत्रमा डोल्पाको खानीगाँउ देखि काजि बुढामगर सहित पाँचजना ब्यतिmहरुले चीनको मरयुम छहरा भन्ने स्थानदेखि खरिद गरेर ल्याएको भेडा च्याङग्रा बिक्री सुरु भएको हो । १ करोड १७ लाख लगानी गरेर ७ सय भेडा च्याङग्रा खरिद गरेर बुढाको समुहले ४ सय ५० पोखरा लगिएको र २ सय ५० बुर्तिबाङ सँगै खर्वाङ हटिया सम्म पुर्याउने गरेर यस पटक बिक्रीका लागि आएको बताए ।

चाईनाको मरयुम छहरा भन्ने स्थानदेखि भेडा (च्यालु) च्याङग्रा खरिद गरेर बुर्तिबाङ सम्म पैदल आईपुग्दा १२ दिन लागेको बताउने ब्यापारी काजीले बिगत १७ बर्ष पहिलेपनि बुर्तिबाङ क्षेत्रमा भेडा च्याङग्रा लिएर आएका काजी बुढाले यस पटक पुन लिएर आएको र तिनदिनमा २५ भेडाच्याङगा्र बिक्री भईसकेको बताए ।

भेडाको न्युनतम १९ हजारदेखि २५ हजार सम्म र च्याङगा्रका २२ देखि ३० हजार सम्म मुल्यमा बिक्री हुने गरेको उनले बताए ।

भेडा भन्दा च्याङग्राको खरिद मुल्य नै केहि महँगो भएको उनले बताए । बुर्तिबाङ क्षेबम दशै पर्वका लागि भेडा च्याङग्रा खरिद गरेर राख्ने क्रम बद्दै जान थालेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *