प्रवास : जापान नेपाली एकता समाजको प्रथम कार्य समिति चयन, प्रथम सम्मेलन डिसेम्बरमा

मेघराज सापकोटा ‘रिष्मेली’, जापान २०७४ असोज ३ । जापानमा रहेका नेपालीहरूलाई एक जुट गराउने उद्धेश्यले गठन गरिएको जापान नेपाली एकता समाजको सेप्टेम्वर ११ मा ओसाकामा बसेको केन्द्रीय समितिको बैठकले जापान नेपाली एकता समाजको प्रथम राष्ट्रीय सम्मेलन सफल पार्न यमलाल सापकोटाको अध्यक्षतामा १ पद पछि पूर्ती गर्ने गरी २७ सदस्यीय राष्ट्रीय सम्मेलन तयारी समिति गठन गरेको छ ।

तयारी समितिको महासचिवमा तुफान केसी र कोषाध्यक्षमा केशव सापकोटालाई चयन गरिएका छ भने दुईवटा प्रचार बिभागहरू बनाउने बैठकलेनिर्णय गरेकोछ ।

बेठकमा एक प्रस्ताव प्रस्तुत गर्दै भनिएको छ, सन २०१२ देखि अनवरत र अथक मेहनतका साथ हामीलाई दिएको ज़िम्मेवारी बहन गर्ने प्रयत्न गर्यौं । अनुभवको कमी ,बिदेशी भूमिमा संगठन गर्नुका कठीनाई र थुप्रै उतार चढ़ाव अनि कठीनाईका साथ स्थापना कालदेखि अहिले सम्म खट्ने सम्पूर्ण साथीहरू धन्यबादका पात्र हुन्नुहुन्छ । हामीलाई यहाँ सम्म आउनका लागि सहयोग र सुझाब दिनुहुने र हाम्रो यात्रामा सहभागिता जनाई दिनुहुने सम्पूर्ण जापानबासी नेपाली समुदायमा केन्द्रीय समितिका तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छौं । हाम्रो समाजको भलो चाहने र रचनात्मक आलोचना गर्ने सबैलाई धन्यबाद दिन चाहन्छौं ।हामी सँग सहयोग र सहकार्यमा स्वीकारोक्ति जनाउने सबै सँघ संस्थाहरूलाई पनि धन्यबाद दिन चाहन्छौं । मेडियाकर्मी तथा नैतिक र भौतिक रूपमा सहयोग गर्नुहुनेहरूलाई पनि उच्च सम्मान गर्न चाहन्छौं ।

नव गठित कार्य समितिमा निम्न साथीहरू रहेको अध्यक्ष यमलाल सापकोटाले जानकारी दिए । उक्त कार्य समितिको सदस्यहरुमा यमलाल सापकोटा भिम के सी, तुफान केसी,गोपाल सापकोटा, केशब सापकोटा,नन्दु शर्मा सापकोटा,गोपाल खत्री,दिलु खत्री, बिष्णु सापकोटा, कमल के।सी, भक्त सापकोटा, कमल कार्की, मिलन शर्मा, छन्द सापकोटा राम प्रसाद सापकोटा बिशाल केसी, सुरेन्द्र कँडेल, मान बहादुर थापा, बिष्णु केसी, बुद्धि कँडेल,रूद्रलाल न्युरे, सालिकराम सापकोटा, हरी सापकोटा, राजु रेग्मी र शिव शर्मा, शिव गिरी सदस्य रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *