अखिल नेपाल शिक्षक संगठन नगर समितिको प्रथम पूर्ण बैठक सम्पन्न

वीर चोखाल गल्कोट २०७४ असोज ३ । एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिको प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले गलकोट नगरपालिका भित्र संगठन बिस्तार, सुदृढीकरण र शैक्षिक जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले गत २९ गते गलकोट नगरपालिकामा दिएको ज्ञापनपत्रले आशिक माग पूरा गरे पनि शिक्षकहरूले चौमासिक तलव भत्ता खादै आएकोमा त्रैमासिक तलव निकासा गरेकोमा आपत्ति जनाएको छ ।

शिक्षकका जायज मागहरू पूरा गराउन थप कार्यक्रम समेत तय गरेको अध्यक्ष चूडामणि शर्माले बताए ।

बैठकले पेशागत र शैक्षिक अधिकारका लागि चरणबद्ध अभियान सहित नगरपालिकाका ११ वटै वडामा वडा सम्मेलन गर्ने निर्णय भएको उपाध्यक्ष सिर्जना घर्तीले बताइन् । नगर समितिका सबै पदाधिकारी र सल्लाहकार सदस्यको उपस्थिति रहेको बैठक अध्यक्ष चूडामणि शर्माको अध्यक्षता, अर्थ सचिव टोप बहादुर रानाको स्वागत मन्तव्य र सचिव हेम बहादुर बुढाथोकी को सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *