संविधान दिवसले राष्ट्रिय एकता र समृद्धीको मार्गमा हिँड्न प्रेरणा मिलोस् : नगर प्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज ३ । संबिधान दिवसको अवसरमा गलकोट नगरपालिकाको आयोजनामा बिकासमा स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति जिम्मेबार बनाउदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् । उनले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गरे ।

संबिधानकोे सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेको गैरेको जोड थियो ।
फरक प्रसंगमा गैरेले स्थानिय सरकारले गलकोट नगरपालिकालाई सम्बृद्ध बनाउने बताए । उनले गलकोट नगरपालिकामा भौतिक पुर्वाधार निर्माणको कार्य महत्वपुर्ण भएको भन्दै तत्काल नगरभित्रका प्रत्येक वडामा सडक सञ्जाल जोड्नुपर्ने बताए । गैरेले चाडपर्वका बेला ग्रामिण मोटरबाटोमा समेत सहज तरिकाले गाडी आवतजावत हुने गरि नगरपालिकाको योजनामा नगरभित्रका प्रत्येक वडामा सफाई अभियान चलाईएको बताए ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, नेकपा एमालेका बुल बहादुर केसी, नेकपा माओबादी केन्द्रका तिलक उप्रेति, राष्ट्रिय जनमोर्चाका टंक बहादुर केसी, गलकोट नगरपालिका नगर समिति संयोजक चन्द्रदत्त रेग्मी, गलकोट बहुुमुखी क्यापसका क्यापस प्रमुख कृष्णप्रसाद गौतम, गलकोट सेवा केन्द्रका प्रमुख मञ्जुशर्मा चालिसे, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डे, नेपाली काग्रेसका पुर्व महाधिबेसन प्रतिनिधि घनश्याम गौतम, वडा नम्बर २ नरेठाटीका अध्यक्ष हिम बहादुर भण्डारी, वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारी, गलकोट बहुमुखि क्यापसका स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष गुमानसिह भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिपचन्द सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *