यसरी मनाईयो, बडीगाड गाउपालिकामा संविधान दिवस (चलदृश्य सहित)

कमल पौडेल, बागलुङ खर्वाङ २०७४ असोज ३ । संघीयताको उचित कार्यान्वयनका लागि, संविधानको पूर्ण पालना भन्ने नारा सहित तेस्रो संविधान दिवस २०७४ बडीगाड गाउपालिकामा सम्पन्न भएको छ।

संविधान सम्बन्धि विभिन्न नारा लेखिएका प्लेकार्ड सहितको यालीले खार, खौलार बजारको परिक्रमा पछि सभामा परिणत कार्यक्रममा गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजा, नेपाली काग्रेसका योगेन्द्र खरेल, एमालेका तिर्थमणि भुसाल, भानु माविका प्रअ केशव खरेल, पत्रकार कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सितारियो कराँतेको तर्फबाट विभिन्न काँटा, विद्यार्थीहरुको नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम गाउपालिका अध्यक्ष मेयरसिंह पाईजाको अध्यक्षता, वडा नं ८ का वडा अध्यक्ष कृष्ण गुरुङको स्वागत मन्तव्य तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो। गाउपालिका कार्यालय ग्वालीचौरमा भएको कार्यक्रममा भानु मावि र खार माविका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यसैवीच बागलुङ सदरमुकाममा पनि संविधान दिवसका अवसरमा विहान प्रभात फेरी एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *